निय प्रसासनले सुरक्षा बढायो

प्रदेश वान सम्वाददाता , ६५५१  पटक हेरिएको

विराटनगर । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिकहरु नेपाल प्रवेश गर्ने प्रयासमा हुने भन्दै स्थानिय प्रसासनले सुरक्षा बढाएको छ ।

भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास केहिदिन यता गरीरहेका थिए । केहीलाई प्रहरीले फिर्ता पठाएको छ । बंगलादेशमा हिंसा बढेसँगै नेपालमा बंगलादेशीनागरीकहरु प्रवेश गर्नसक्ने सूचना आएपछि सुरक्षा प्रणालीमा कडाई गरीएको मोरंङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राईले बताउनु भयो ।

कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको रातिको समयमा सुरक्षा गस्ती बढाएकोसमेत जानकारी गराउनु भयो । नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो जोगवनी नाकाबाट फिर्ता पठाइएको थियो । फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका थिए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो ।

त्यसोत दैनिक खुल्ला सिमा नाका बाट आवत जावत गर्नेको संख्या धेरै हुने भएका कारण र बंगलादेशका नागरी पनी भारतीय नागरीक जस्तै देखिने भएका कारण पहिचानमा समस्या हुने गरेको समेत उहाँले जनाकारी दिनुभयो । खुल्ला सिमानाका कारण नेपालमा आएर बस्न खेज्ने बंगलादेशी नागरीकलाई नेपाल प्रवेश गर्न नदिन बिषेश प्रहरी सादा पोसाकका प्रहरीहरु समेत परीचालन गरीएको छ ।

बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल(भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

प्रकाशित मिति: २०२४-०८-१४ , समय : १४:०४:५६ , ९ महिना अगाडि