प्रदेश वान सम्बाददाता , ४१९२ पटक हेरिएको

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्।
घिसिङले दोस्रो कार्यकाल सुरू गरेको तीन वर्ष पूरा गरेको अवसरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको उनले बताए।
७२/७३ मा ५३ प्रतिशत मात्रै विद्युतीकरण पुगेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले बताए। तीन वर्षअघि विद्युतका ग्राहको संख्या २९ लाख मात्रै रहेकोमा अहिले बढेर ५९ लाख पुगेको उनको भनाइ छ।
दोस्रो कार्यकालको अघिल्ला दुई वर्षमा कार्यसम्पादन मूल्यांकनमा उच्चतम अंक पाएको विषय पनि उनले बताए।
उनका अनुसार आर्थिक वर्ष २७८/७९ मा उनले ९४.२३ अंक पाएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९÷८० मा ९८.९४ अंक पाएका थिए। तेस्रो वर्षको मूल्यांकन भने अहिले चलिरहेको उनले बताए।
प्रकाशित मिति: २०२४-०८-०९ , समय : १४:४६:४२ , ९ महिना अगाडि