प्रदेश वान सम्बाददाता , ५१९२ पटक हेरिएको

विराटनगर। मोरङको क्षेत्र न. ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले छोरा तेजस्वीको २३ औं जन्मदिन बाल आश्रममा पुगरेर मनाएका छन् ।
विराटनगर स्थित पुर्वाञ्चल बाल आश्रमा स–परिवार सहित मण्डले आफ्नो छोराको जन्मदिन मनाएका हुन् । अहिलेको युवा पुस्ताहरुले होटेल, क्लवहरुमा साथी भाईहरु संग रमाईलो गर्दे जन्मदिन मनाउने गर्ने गरेका छन् । त्यस्तो ठाँउमा गएर पैसा खर्च गर्नु भन्दा समाज सेवा हुने तरिकाले जन्मदिन मनाएको मण्डलले बताए ।
आश्राम्मा रहेका ९० जना वृद्ध देखि बालकहरुलाई खाना खुवाएर जन्मदिन मनाइयो । तेजस्वी मण्डल एक सक्रिय युवा समाज सेवी पनी हुन् । उनले स्कुलहरुमा जनचेतना मुलक कार्यक्रम , वृक्ष रोपन जस्ता सामाजिक कामहरु गर्दै आईरहेको समाज सेवी पवन सहनीले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०८-११ , समय : १३:०२:०० , ९ महिना अगाडि