वर्षासँगै आएको बाढीपहिरोका कारण उदयपुरको बेलका नगरपालिका क्षेत्रका ३७ घरपरिवार विस्थापित

उदयपुर
वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुरको बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन्। भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । त्यसैगरी ३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिएका छन ।

वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए । पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरुको उद्धारका लागि बुधबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको मेयर थापाले बताएका छन ।

पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काइसकेको छ। पहिरोले मानबहादुर माझीको ३ विघा खेतीयोग्य जमिन पुरेको छ भने माइक्रो हाईड्रो पावर पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

स्थानीयका खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै सिचाईँ कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ । शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दंगालले जानकारी दिएका छन ।

स्थानीय नदी तथा खहरेले ९ धौरी, १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति पुर्‍याएको छ । त्यसैगरी ८ को बोप्ताङ्ग खानेपानी योजना, ७ र ८ पर्ने कोठुफेरी(बाग्दा, सोमबारे(मायुङ्ग्टार, लालबजार(बबला(घारे सडकका सडकमा क्षति पुगेको छ मेयर थापाले बताएका छन ।

सडक भत्किएसँगै बिहानैदेखि आबागवन बन्द भएको छ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रका सडकमा ठाउँ(ठाउँमा नदीले कटान गरेपछि सडक अवरुद्ध भएको हो । पहिरोले वडान ५ स्थित आधारभुत विद्यालय पोखरेमा क्षति पुर्‍याएको छ । लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको वरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमिन कटान गरेको मेयर थापाले जानकारी दिएका छन ।

सप्तकोसीले पश्चिमी क्षेत्रको चिलियामा कटान गर्दा धार परिवर्तन गर्ने सम्भावना बढेको उनले बताए । बाढी घरमा पसेपछि स्थानीय ज्यान जोगाउँदै बाहिरिएका थिए । घार खोलामा आएको बाढी गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको मानबहादुर माझीले बताए । उनले भने, ुरित्तो हात निस्कनु पर्‍यो, भएको खेत बगायो, ५ सुँगुर, एउटा गोरु पनि बगायो ।ु

त्यसैगरी चौदण्डीगढी नगरपालिका ३ को कालीखोलामा आएको बाढीले को।१।च।६४२० नम्बरको मारुती भ्यान बगाएको छ । स्थानीयले भ्यानमा रहेका तीनजनालाई सकुशल उद्धार गरेका छन् भने भ्यानसमेत निकालेको प्रमुख जिल्ला अधिकारी धु्बबहादुर खड्काले बताए ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका( ३ का रमानन्द साहले सञ्चालन गरेको किराना पसलमा बाढी पस्दा ६ लाख बराबरको क्षति पुगेको उनले बताए ।लगातारको विपत्तिले ठूलो क्षति पुगेको भन्दै मेयर थापाले बुधबार एक अपिल जारी गर्दै सहयोग मागेका छन् । अपिलमा भनेका छन्, ु वीपतिको घडीमा एकाअर्कालाई सामुदायिकरुपमा सहयोग गर्न र सबै विकास साझेदारलाई राहात उद्दार र पुनःस्थापनका लागि सहयोग गर्न हार्दिक अपिल गर्दछु।ु उनले सहयोगी मनलाई साथसहयोग गरिदिन अपिल गरेका छन् । बाढीले बुजुलीका पोलहरुसमेत बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *