पुँजी बजार सकारात्म दिशातर्फ अघि बढेको छ। निरन्तर घट्दो क्रममा रहेको बजारमा सरकार तथा नियामक निकायले सुधारका कामअघि बढाउने प्रतिबद्धता व्यक्त गरेसँगै बजार बढ्न सुरु गरेको हो।
अर्थमन्त्री डा।युवराज खतिवडाले मंगलबार सर्वसाधारणलाई सेयर बजारमा लगानी गर्न आव्हान गरेका थिए। सेयर किन्ने अहिले नै सबैभन्दा उपयुक्त समय भएको खतिवडाले बताएका थिए। अर्थमन्त्रीको वक्तव्यले सेयरमा सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन्।
नेपाल स्टक एक्सेन्ज ९नेप्से० दोहोरो अंकले बढेको छ। नेप्से बुधबार २२।६८ अंकले बढेको हो। नेप्सेको सेन्सेटिभ सूचांक पनि ४।१३ अंकले बढेको छ। आज एक सय ७१ कम्पनीको १६ लाख ४५ हजार आठ सय ७७ कित्ता सेयर खरिद बिक्री भएको छ । ४७ करोड ६८ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ।
बैंक १८।७, होटल ६९।४८, विकास बैंक १०।२६, जल विद्युत ११।४९, वित्त २।२३, निर्जीवन बिमा १४३।०८, उत्पादन मुलक ७३।८४, अन्य १२।५९, माइक्रोफाइनान्स ३२।५१, जीवन बिमा १७१।९ र म्युचल फन्ड ०।०१ अंकले बढेको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्स सेयर कारोबार भएको छ। यसको ६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। कर्णाली डेभलपमेन्ट बैंकको सेयर ४।५४ प्रतिशतले घटेको छ।
Comments