छोटि भन्सार बाट हुने तस्करी रोकिएन

५३ किलोमटर खुल्ला सिमाना भएको रानि भन्सार नाका बाट पछिल्लो समय सुरक्षा निकायको सेटिङमा सामान तस्करी हुनु कुनै नौलो कुरा हैन तर पछिल्लो समयमा नेपाल प्रहरीले कडाई गरेपनी ससस्त्र प्रहरीले भने सामन अझै सेटिङमा छाड्ने गरेका छ । केहि दिन अघि मात्र माछाको काँडका कारण भन्सार कडाई गरेको भएपनी बिभिन्न छोटि भन्सारको प्रयोग गरी तस्करी हुने गरेको छ ।

बिराटनगर देखि पुर्व तर्फरहेको बिभिन्न छोटि इलाका बाट ठुलो परीमाणमा दैनिक उपभोग्या सामान तस्करी हुने गरको हो । नेपाल प्रहरीले तस्करीलाई नियन्त्रण गर्न खोजेपनी ससस्त्र प्रहरीका सिभिल प्रहरीले भने लाइन मिलाएरै भएपनी तस्करी चलाको छ । रंगेली इलाका देखि बुधनगरको छोटि भन्सार बाट बिभिन्न प्रकारका दैनिक उपभोग्य सामान हरु तस्करी हुने गरेको हो । त्यसोत छोटिभन्सार बाट बिभिन्न प्रकारका जानावरको समेत तस्करी हुने गरेको छ  ।

लामो समयदेखि चल्दै आएको छोटि भन्सार तस्करीलाई नियन्त्रण गर्न नेपाल प्रहरी लागी परेका भएपनी अन्य सुरक्षानिकायको सेटिङका कारण तस्करी मौलाएको छ । त्यसमाथि नजीकिदै गएको चार्ड पर्वका कारण पनी पछील्लो समय छोटि भन्सारको दुरुपयोग बढेको छ । यस तर्फ सुरक्षा निकायले ध्यान दिन  जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *