विराटनगरबाट काठमाडौं गइरहेको स्कारपियो सुनकोशीमा दुर्घटना

सिन्धुली
सिन्धुलीमा बुधबार साँझ स्कारपियो दुर्घटना भएको छ। विराटनगरबाट काठमाडौं गइरहेको स्कोरपियो सिन्धुलीको सुनकोशीमा दुर्घटना भएको हो।

सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार बा १४ च ४५७४ नम्बरको स्करपियो बीपी राजमार्गबाट कोशी नदीमा खसेको हो। स्थानीय र प्रहरीको सहयोगमा स्कारपियोमा सवार सबै यात्रुको उद्धार भएको छ। घाइतेको सुरक्षित उद्धार भएको प्रहरीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *