दोस्रो दिनपनि कांग्रेसद्धारा प्रदेश एकको बैठक अवरोध ,प्रदेशसभा बैठक चार दिनकालागि स्थगित

विराटनगर
मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक फिर्ता गर्न माग गर्दै दोस्रो दिनपनि मुख्य प्रतिपक्षी दल कांग्रेसले बैठक अवरोध गरेपछि एक नम्बर प्रदेश सभा चार दिनकालागि स्थगित भएको छ ।

दर्ता भएर सैद्धान्तिक छलफलपछि बिषयत समितिमा गएर दफावार छलफल समेत गरि पारित भइसकेको मनमोहन विधेयक फिर्ता गर्न माग गर्दै ३१ भदौ जस्तै १ असोजको बैठकमा पनि उठेर भद्र अवाज्ञा गर्दै कांग्रेसले अवरोध गरेपछि प्रदेश सभाको बैठक ५ असोज सम्मका लागि स्थगित भएको हो ।

बैठक सुरु हुना साथ प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले पटक पटक स्थान ग्रहण गर्न आग्रह गरेका थिए । तर अवरोध निरन्तर जारी राखेपछि सभामुखले चार दिनकालागि बैठक स्थगित गराए । मंगलबार बसेको प्रदेश सभाको बजेट अधिवेशनको ५० औ बैठकको सुरुमै उभिएर भद्र अवज्ञा गर्दै मुख्य प्रतिपक्षी दल कांग्रेसले बैठक अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।

मुख्य प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मनमोहन विधेयक फिर्ता नलिए संसदको अवरोध जारी राख्ने र सभाको रोष्टम घेर्ने बाध्य हुने चेतावनी दिएका छन् । तर नीति कार्यक्रममा राखेर बजेट समेत विनियोजन भइसकेकोले जसरी भएपनि प्रकृयामा लगेर मनमोहन विधेयक पारित गराउने योजना सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *