कपिलवस्तुको बुद्धभुमिमा महिलाको शंकास्पद मुत्यु

कपिलवस्तु –
कपिलवस्तुको बुद्धभुमिमा एक महिलाको मुत्युको घटना शंकास्पद देखिएको छ । बुद्धभूमि नगरपालिका–६ वैरिहवा कि २२ वर्षीय शीला नाऊले सोमबार घरमा आगो लगाएर आत्महत्या गरेको घटना झुटो भएको माइती पक्षले आरोप लगाएको हो । नाऊको हत्यापछि परिवारका सदस्यले घटना लुकाउन आगो लगाएको माइतीपक्षको आरोप छ ।

मृतक शिलाका पिता राम कुमारले ज्वाई जगदीश नाऊ र उनकी आमा वासमाति नाऊ विरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्र्तगत प्रहरीका किटानी जाहेरी समेत दर्ता गरेका छन् ।

प्रहरीले भने घटनाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या वा आत्महत्या के हो भन्ने खुल्ने जानकारी दिएको छ । शीलाको दश महिना अघि मात्रै विवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *