झोराहट नाट्य घरमा रातभरी हुरी चल्यो

मोरङको झोराहट नाट्य घरमा कथाकार इन्द्रबहादुर राईको रातभरी हुरी चल्यो नाटक को शुक्रबार अन्तीम सो बाँकि रहेको छ ।
गत २१ गतेदेखि प्रदर्शन भएको नाटक भरत गुरागाईँले नाट्य रुपान्तरण गरेका हुन् ।  असोज १ गतेसम्म प्रदर्शन गरिने नाटक हरेक दिन दुई शो भईरहेको निर्देशक सुदीपजंग कार्कीले बताए ।
उनका अनुसार मञ्चमा निराशा ढुङ्गाना, नवीन भट्टराई ,प्रवेश तिम्सिना, नुना कट्टेल, अजय सुवेदी, दीपक निरौला, शिवलाल सरदार, अस्मिता माझी, समीर कोईराला, अनिल छेत्री रहेका छन् भने मञ्चबाहिर अनु श्रेष्ठ, प्रदीप सरदार, सुरज माझी, सुनिल देवकोटा, प्रकाशमा बिजय थारू, संगीतमा चन्दन माझी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *