युवती ठानि ७० वर्षीया वृद्धा बलात्कार गर्ने अभियुक्त पक्राउ

राजविराज
युवती ठानेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने अभियुक्त सप्तरीको राजविराज कारागारमा थुनिएका छन् । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

बर्देबाकाअनुसार अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको अभियुक्तले स्विकारेका छन् । गतसाल असोज १६ गते घरका सबैजना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार भएको हो ।

उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । बलात्कार घटनालगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौमामा घर फर्केका फर्केका थिए । उनलाई प्रहरीले भदौ १९ गते पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *