दक्षिण एसियाली खेलकुदका लागि टेनिस खेलाडीको छनोट

काठमाडौं–
नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद साग का लागि लन टेनिस खेलाडीको छनोट प्रतिस्पर्धा बिहीबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ।

छनोटमा पुरुषतर्फ १० र महिलामा ७ गरी जम्मा १७ खेलाडी सहभागी छन् । छनोट राउन्ड रोविन लिगका आधारमा हुनेछ । पुरुष महिला दुवैमा शीर्ष ६ स्थान हात पार्ने खेलाडीले सागमा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघले जनाएको छ।

पुरुषमा संरक्षकभूषण वज्राचार्य, अभिनव आचार्य, सम्यकभूषण वज्राचार्य, प्रणव खनाल, भीष्म काउछा, दावासोनाम शेर्पा, आत्माराम कार्की, नवीन मगर, प्रदीप खड्का र सन्तोष खत्री सहभागी छन्।

महिलामा प्रेरणा कोइराला, प्रकृति श्रेष्ठ, रायना शाह, इरा रावत, सलोनी तामाङ, इन्द्रकला श्रेष्ठ र अभिलाषा विष्टले प्रतिस्पर्धा गरिरहेका छन् । छनोट असोज १४ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *