ओखलढुंगाका सहकर्मी कुट्ने वडाध्यक्ष ६० हजार धरौटी तिरेर छुटे

ओखलढुंगा –
चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल ६०हजार धरौटीमा रिहा भएका छन् । वडा नम्बर ७ का वडाध्यक्षलाई कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई धरौटीमा छाड्न आदेश आएसँगै ६० हजार धरौटी बुझाएपछि हिरासतमुक्त गराइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन।

लुइँटेलले मादक पदार्थ सेवन गरी चम्पादेवी गाउँपालिका कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *