भीभीआईपी चडुने डेढ अर्बको हेलिकोप्टर ल्याईयो काठमाडौं


राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत भीभीआईपीका लागि १४ मिलियन युरो करिब डेढ अर्ब मूल्यको खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ।

सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर सेप्टेम्बर २ मा इटलीबाट उडेको थियो। १८ दिनपछि बिहीबार काठमाडौं आइपुगेको हो । राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ। यसलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।

इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै बिहीबार दिउँसो १२ बजेर ५३ मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घण्टा उडेर काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन।

इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *