पार्किङ गरी राखेको नगरपालिकाको गाडीमा बम विस्फोट

भोजपुर
षडानन्द नगरपालिकाको कार्यालय परिसरभित्रै प्रेसरकुकुर बम विस्फोट भएको छ । नगरपालिकाको प्रवेशद्वारमा पार्किङ गरी राखेको गाडीमा गएराति बम विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै नगरपालिका कार्यालयको भवनपछाडि शंकास्पद वस्तु पनि फेला परेको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी कुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए । उनका अनुसार विस्फोट भएको स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको छ ।

पर्चामा संविधानको विरोध गर्दै दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको डीएसपी मगरले जानकारी दिए । भेटिएको शंकास्पद वस्तुको निस्क्रिय पार्न खाँदबारीबाट नेपाली सेनाको टोली आउँदै गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *