विप्लव समूहका महोत्तरी सेक्रेटरी पक्राउ

महोत्तरी-

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई बिहीबार गौशाला नगरपालिका ८ स्थित घरैबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। अधिकारीका अनुसार आले बम बिस्फोट तथा चन्दा संकलनमा सक्रिय थिए। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई घरमा आएको सूचना पाएपछि प्रहरीले पक्रेको हो।

उनलाई बिहीबार नै जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न म्याद लिइएको अधिकारीले बताए। उनीविरुद्ध बम बिस्फोट तथा संगठित अपराधमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *