समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

विराटनगर-

सुन्दरहरैचा, हर प्रहर, गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी भन्ने उद्देश्य सगै सुन्दरहरैचा १२ ले प्रहरी चौकी विराटचौकको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ ।

सुन्दरहरैचा १२ का वडाध्यक्ष रोशन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी चौकी विराटचौकका इन्चार्ज नारायण कुमार योगि, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, वडा १२ का विभिन्न संघ सस्थाका प्रतिनिधि साथै टोल विकास सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

नजिकिदै गरेको नेपालीहरुको महान चाड पर्वहरुको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रममा सुन्दरहरैचा १२ को शान्ती सुरक्षा कसरी मजबुद गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

प्रहरी चौकी विराटचौकका इन्चार्ज योगिले वडाको शान्ती सुरक्षा मजबुद राख्न प्रहरीको तर्फबाट दैनिकी टोल गस्ती गर्ने बताएका थिए । उनले वडाबासीको सुरक्षाका लागि प्रहरी २४ घण्टा तयार रहेको बताए । योगीले चाडपर्व नजिकिदै गर्दा चाडपर्व लक्षित विभिन्न घटना घट्ने हुदा जनस्तरबाट पनि त्यस्ता अनैतिक क्रियाकलापहरुको सुचना दिन आग्रह समेत गरे छन ।

वडाध्यक्ष ढकालले वडाबासिको सुरक्षाको लागि वडाका विभिन्न संवेदनशिल क्षेत्रमा सिसि क्यामेराको माध्यमबाट निगरानी गर्ने बताएका थिए । उनले चाडपर्व लक्षित हुने विभिन्न घटनाहरु रोकथाम गर्न टोल विकास सस्थाको माध्यमबाट निगरानी गरिने बताए । ढकालले प्रत्येक टोल टोलमा १० जनाको टोल विकास समिती निर्माण गरि आफ्नो वडालाई शान्ती सुरक्षा कायम गर्ने बताए ।

कार्यक्रम सञ्चालन भने वडा सचिव अनिल पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *