‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक,हेर्नुस ट्रेलर यस्तो बन्यो

दीपेन्द्र लामा निर्देशित  आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको  फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ,भने यस फिल्मका निर्माता रोहित अधिकारी हुन् । । सार्वजनिक गरिएको ३ मिनेट १७ सेकेण्डको ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र पुष्पा भट्ट रहेका छन् । सार्बजनिक ट्रेलरमा आएको कमेण्टलाइ हेर्दा अधिकांशले सोचे जस्तो नभएको र छक्का पन्जा जतिको हिट नहुने टिप्पणी गरेका छन।

फिल्म भने यहि असोज २४ गतेबाट प्रदर्शनमा आउदै छ । बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् ।

 

रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मले ४० वर्ष उमेर अन्तरालको प्रेम कथा रहेको बताइएको छ । प्रदर्शन पूर्व नै यो फिल्मले विदेश राइट्सबाट लगभग लगानी उठाइसकेको छ ।

पहिलो पटक दीपक(दीपाको समुहले बाहिरी ब्यानरसँग सहकार्य गरेर ‘छ माया छपक्कै’ बनाएको हो । उनीहरुले नाफाको ५० प्रतिशत लिने शर्तमा उनीहरुले यो फिल्म गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *