साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकीयो

काठमाडौं-

साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । शुक्रबार काठमाडौं स्थित हलचौंक मैदानमा भएको खेलमा नेपाल माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ १–० ले पछि रहेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा बरावरी गोल फर्काएको थियो । नेपालकालागि मनिष डाँगीले गोल गरेका हुन् । खेल अवधीभर आक्रमक प्रहार गरेको नेपालले पटक पटक पोष्टमा प्रहार गरेपनि गोल गर्न भने सकेन ।

खेलको १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा हसनले नै गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *