धुमधाम का साथ् मनाइयो जितिया पर्व

बिराटनगर ः तराइका जिल्ला हरुमा जितिय पर्व धुमधामका साथ मनाएको छ । यसैक्रममा बिराटनगरमा पनी जितिया पर्व आपन बिराट्गढ परोपकार समाज ले मनाएको छ । अपन बिराटगढ समाजले आयोजना गरेको जितिया पर्व पर्व मा बिभिन्न ब्याक्ति हरुले जितिया पर्वको बिशेषता को बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालीका का मेयर भिम पराजुलीले देशको संस्कृतीलाई जोगाई राख्नुपर्नेमा जोड दिएका थिए । न्युरो कार्डियो एण्ड मल्टिस्पेस्लीटी हस्पीटल प्रालीले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा बिभिन्न बरिष्ठ मैथिली कलाकार हरुले मैथिली संस्कृतीलाई उजागर गर्ने गित संगीत प्रस्तु गरेका थिए । कार्यक्रममा मैथिली परम्परा भल्कने नित्य समेत प्रस्तुत गरीएको थियो । प्रविन नारायण चौधरी को बिषेश प्रयासमा आयोजना भएको उक्त कार्यक्रममा एसियन थाइफुडको समेत सहयोग रहेको थियो । बिराट ब्यापार संघ का अध्यक्ष प्रकाश मुन्द्रा र वडा नम्बर ६ का वडा अध्यक्ष विजय कामत को समेत उपस्तिथी रहेको थियो । साथै समारोह मा मैथिली चर्चित गायक कैलाश झा र बिरेन्द्र कुमार झा आफ्नो सुमधुर स्वर ले समारोह मा धुम मचाएका थिए ।
समारोह मा मैथिली परम्परा झल्काउदै बिराटनगरका स्कुलहरु सहभागी भै आ आफ्नो कला ,साहित्य र नृत्यहरु पनि प्रदर्शन गरेका थिए ।
उक्त जितिया पर्व समारोह २०७६ बिराटनगर महेन्द्र मोरंग क्यामपस को प्राङ्गनमा आयोजना गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *