प्रदेश सरकारले गर्न थालो मानसिक रोगीको उद्धार

प्रदेश १ सरकारले सडकमा भौतारिरहेकी मानसिक रोगीहरुको उद्धारकालागि पहल थालेका छन् । प्रदेश १ लाई उपचार र संरक्षण अभावमा सडकमा भौतारिन बाध्य मानसिक रोगी रहित बनाउन प्रदेश सरकारले सूचना पाएपछि उनिहरुको उद्धारकालागि पहल थालेका हुन् । शनिवार बिराटनगरमहानगर ३ बाट सडकमा भौतारिरहेकी मानसिक रोगी ४६ बर्षीया लीला कार्कीको प्रदेश १ सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरेले उद्धार गरेका छन । २६ बर्षदेखी मनोरोगी भएर सडकमा भौतारिएर हिडिरहने , फोहोरमैला टिपेर खाने , लगाएकै लुगामा दिसापिसाव गर्ने ४६ बर्षिया लीला कार्कीलाई शनिवार बिहान मन्त्री घिमिरे उद्धार गरेर उपचार र संरक्षणकालागि विराटनगर १० स्थित मानव सेवा आश्रममा पुरयाइदिका छन ।

मानव सेवा आश्रममा अभियन्ताहरुले बिरामीलाई मनोचिकित्सकको रेखदेखमा उपचार सहित संरक्षण गर्नेछन ।गाउँका अगुवा नगेन्द्र ढकालले सडकमा बषौदेखी सडकमा भौतारिरहेकी मानसिक रोगी महिलाको वारेमा सूचना दिएपनि मन्त्री जिवन घिमिरे , उनकी पत्नी बिमला घिमिरे , सचिव वीरवहादुर राई , कानूनी परामर्शदाता कोषराज न्यौपाने , अधिकारकर्मी मन्जिता उपाध्याय सहित मानव आश्रम बिराटनगरका अभियन्ताहरु मानसिक रोगी लीलाको उद्धारमा सहभागी भएका थिए ।सुत्केरी अवस्थामा मनोरोगी भएकी थिइन लीला
पति हस्तबहादुर कार्कीका अनुसार एक छोरी र २ छोराकी आमा लीला २६ बर्ष अघि सुत्केरी अबस्थामा मानसिक रोगी बनेकी थिइन । उनि जहाँपायो त्यही डुलेर हिँडने फोहोर खाने , चिसो भुइमा सुत्ने गर्नथालिन । गाउलेहरुसँग घरघरमा गएर पैसा माग्ने नदिएमा ढुंगा हान्ने उनको आदत भयो । पति हस्तबहादुरले सुरुमा पत्नी लीलाको भारत राँचीको मानसिक अस्पतालमा उपचार गराएपनि निको हुन सकिनन् । आर्थिक अवस्था कमजोर भएकोले उनले पत्नीको थप उपचार गराउन सकेनन र लीलाको रोग झन जटिल बन्दै गयो ।

सडकमा भौतारिन बाध्य रोगीहरु रहित प्रदेश बनाउने सरकारको प्रतिबद्धता
सडकमा भौतारिरहेकी मनोरोगी महिलालाई आश्रममा पुरयाएपछि मन्त्री घिमिरेले पहिलो चरणमा सडकमा भौतारिन बाध्य मानसिक रोगी महिलाहरुको उद्धारलाई प्राथमिकता दिने बताए । उनका अनुसार भौतारिएर हिँडन बाध्य महिलाहरुको जीउधनको सुरक्षा अवस्थालाई ख्याल गरेर पहिलो चरणमा उनीहरुको उद्धारमा सरकारले चासो दिएका छन् । क्रमश सरकारले तथ्याङ संकलन गरेर सहारा बिहिन पुरुष मनोरोगीहरुलाई पनि उद्धार गर्ने योजना सरकारको मन्त्री घिमिरेले जानकारी गराएका छन् । उनले ,सडकमा भौतारिने मावन रहित प्रदेश बनाउन सरकारलाई स्थानिय तह , समाजिक सँस्था , दयालु दाताहरु नागरिक समाज सबैको सहयोग आवश्यक गर्न आग्रह गरेका छन् । प्रदेश १ सरकारले चालु बर्षको नीति तथा कार्यक्रममा प्रदेशलाई सडकमा भौतारिन बाध्य मानवरहित बनाउने घोषणा गरेको छ । सोही नीति कार्यान्वयन गराउन प्रदेश सरकारले सडकमा भौतारिनेहरुलाई उद्धार र संरक्षणमा चासो दिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *