पब्जी गेम को लागि काटे आफ्नै पिता को घांटी

बेन्ग्लुरु :-
स्मार्ट फोन मा पब्जी गेम खेल्नमा रोक लगाएपछि एक युवकले आफ्नै पिता को हत्या गरेको छ ।
यति मात्र हैन , हत्या पछि उनले शव को कंयौ टुक्रा टुक्रा गरि काटीएका हुन् ।

इन्डिया को बेन्ग्लुरु बेल्गावी शहर कै बाहिरि क्षेत्र काक्वती गाउँ को घटना हो ।
कर्नाटक प्रहरी को अनुसार मृतक शंकरप्पा कन्बार (६० ) बर्षिय सेवानिवृत्त प्रहरी उप निरिक्षक रहनुभएको थियो ।
उनका पुत्र रघुबीर (२५) बर्षिय जहिले पनि मोबाइल मा ब्यस्त रहेको पाइन्थ्यो ।
शंकरप्पा जहिल्यै उनलाई मोबाइल कम प्रयोग गर्न भनि सलाह दिइरहनु हुन्थ्यो ।
यहि कुरामा जहिल्यै पिता र छोरामा झगडा हुने गर्थ्यो ।
झगडा कारण र पब्जिको लत लागेका रघुबीर मानसिक सन्तुलन गुमाएर छिमेकी हरुको घरमा समेत पथर हान्ने गर्थ्यो ।
प्रहरीले पहिला पनि यस बिषय मा दुवै जनालाई बोलाइ मिलोमतो गराएका थिए ।
रघुबीर देर राति सम्म गेम खेलिरहँदा उनको पिता ले मोबाइल फोन खोसेका थिए ।
पब्जी का कारण मानसिक सन्तुलन गुमाउन पुगेका रघुबीर तड्किदै घरबाट तलवार निकाली आफ्नै पिताको गर्दन काटे साथै शव को टुक्रा टुक्रा गरि घरलाई खुन ले लतपत बनाए ।
रघुबीरलाइ घटना स्थल बाटै कर्नाटक प्रहरीले पक्राउ गरेको छ ,थप अनुसन्धान भइरहेको छ ।

इन्डिया :-
पत्रिका न्युज नेटवर्क / बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *