काठमाडौंमा जारी साफ यू १८ फुटबल च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंका भिड्दै

काठमाडौं
काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू १८ फुटबल च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंका भिड्दैछन् । समूह बी मा रहेका दुई टोलीविचको खेल अहिले ३ बजेबाट सशस्त्र प्रहरीको हलचोक मैदानमा हुदैछ । समूह बि मा बलियो टोली भारत समेत रहेको छ ।

प्रतियोगिताको उदघाटन खेलमा नेपाल हिजो माल्दिभ्ससँग एक–एक गोलको बराबरीमा रोकिएको थियो । नेपालले भोली फेरी भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *