”सन नेपाल बिराटनगर” को आयोजना मा शुभकामना आदान प्रदान

बिराटनगर:-
नेपालमा रहेका मधेशी समुदायहरुले आज जितिया पर्व धुमधाम का साथ् मनाइ सम्पन्न गरेको छ ।
पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध पवित्र बनेका ब्रतालुहरू शनिबार बिहानैदेखि निराहार ब्रत बसेका थिए  ।

आइतबार अपराह्न पूजा–अर्चना र कथा सुनेपछि अन्नजल ग्रहण गर्नेछन् ।
‘नहाय खाय’ अर्थात नुहाएर खाना खाएपछि यो पर्व सुरु भएको थियो  ।
अन्य पर्व त्योहारको पूर्व सन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन छ । जसलाई मधेसमा ‘माछमरुवा’ भनिन्छ ।

सोहि पर्व लाइ लक्षित पारि ”सन नेपाल बिराटनगर” ले कार्यक्रम आयोजना गरि भव्यताका साथ् शुभकामना आदान प्रदान गरेका छन् ।

कार्यक्रममा सन नेपालका बजार प्रबन्धक राधे कामत, शाखा प्रबन्धक वेद कुमार खत्री, डिक्का महासंघका जि. अध्यक्ष श्रीराम कामतको उपस्तिथी हुनुका साथै आफ्नो सुभकामना मन्तब्य पनि ब्यक्त गरेका थिए ।

कार्यक्रम बिराटनगरको कटहरी-४ मा सम्पन्न भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *