उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट बुकिङ आज देखि खुला

काठमाण्डौ-
दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आइतबार आज देखि खुला भएको छ ।

१० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उनले जानकारी दिए।

दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने अनुमान गरिएको छ । टिकटमा अनियमतिता हुन सक्ने आशंकामा विभागले अनुगमन टोली खटाउने र सादा पोशाकमा प्रहरी परिचालन गरिने हमालले बताए । दशैँमा घर फर्किने यात्रु लक्षित गर्दै केही दिनमै काठमाण्डौका १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने पनि तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *