काठमाडौं –
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि फराकिलो जित निकालेको छ । सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८(० को भारी अन्तरले पराजित गरेको हो । सिटीको फराकिलो जितमा बर्नाडो सिल्भाले ह्याट्रिक गरे ।
डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र केभिन डि ब्रुयनले समान एक–एक गोल गरे । जितसँगै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ३ मा झारेको छ ।
अर्को खेलमा टोटनह्यामलाई २(१ गोलले हराएको छ । लेस्टरका लागि रिकार्डो परेरा र जेम्स म्याडिसनले एक–एक गोल गरे । टोटनह्यामका लागि ह्यारि केनले गोल गरे । अरु खेलमा शेफिल्ड युनाइटेडले एभर्टनलाई २(०ले पराजित गरेको छ भने न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
Comments