घरायसी विवादमा बन्चरो प्रहार गर्दा दम्पत्ति घाइते

ओखलढुंगा-
ओखलढुंगामा घरायसी विवादमा बन्चरो प्रहार गर्दा एक दम्पत्ति घाइते भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु बस्ने ५५ वर्षीय हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गरेका हुन् ।

उनले शनिबार राति ११ बजेको समयमा सोही स्थान बस्ने वर्ष ७२ का बिश्रबहादुर राई र उनकै श्रीमती ६५ वर्षीय रत्नमाया राईलाई बन्चरोले शरीरको विभिन्न भागमा प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी निसंखेबाट प्रहरीको खटिएको प्रहरी टोलीले घाइते दुवैलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरोसहित नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *