खोलाभित्रको जग्गा देखाएर साढे चार करोड ऋण निकासा

झापा-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमसल धितोमा साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको अभियोगमा बैंक अफ काठमाण्डू बीओके का पूर्व प्रमुख कार्यकारी अधिकृत सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ ।

झापामा खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमाथि छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

अभियोग पुष्टी भए उनीहरुलाई बैंकिङ्ग कसुरमा मुद्दा चलाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *