यौन दुर्व्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला

सप्तरी

जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुर्व्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आइतबार कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।

अभियुक्त रजकलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताए । अदालतको फैसलामा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महिना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *