रेल्वे कस्टम यार्ड गुणस्तरहिन

मोरङ,
बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको देखिएको छ । बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनले लिएको थियो ।

उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाएको कस्टम यार्ड वर्ष दिन नबित्दै भत्किएको हो । स्थानीय सरकारले चासो नदेखाएपछि सार्वजनिक हित तथा महत्त्वको बिषयवस्तु भएको हुनाले भबिस्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति हुन नदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन जारि गर्नुपर्ने स्थानियको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *