मेयरको घरमा कुकर बम

इलाम : माइ नगरपालिकाका मेयर दीपक थेवेको घरमा  अज्ञात समूहले राखेको कुकर बम सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

मेयर थेवेको माइ नपा २ गोरखेस्थित घर नजिकै मेयरको गाडी मुनी राखेको कुकर बम सेनाले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *