करको रकम एक दिन बढ्दा कति रकम उठ्यो

सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकाको क्षेत्र भित्र रहेका विभिन्न सडकहरु उपयोग गरे बापत लाग्ने करको रकम एक दिन बढ्दा कति रकम उठ्यो भन्ने कुरा अन्यौलतामा परेको छ ।

सुन्दरहरैचा नगरपालिकाको नियम विपरित बढी रकम उठाईरहेको प्रफेक्ट ब्रदर्श ट्रेड लिंकले एक दिनमा कति रकम उठायो भन्ने विषयको चर्चा परिचर्चा भएको छ ।

ठेक्केदार कम्पनिले असोज ०४ गते उठाएको रकममा कम्पनिको गल्ती भएको स्विकारे पनि उठेको रकम के गर्ने भन्ने विषयमा आफ्नो धारणा बताएको छैन ।

कम्पनिले गल्ती स्विकार्दै जम्मा ५ बुक नगदी बिल रसिद छपाएको र १० पिस मात्र बिल रसिद काटेको बताएको छ । तर यो नगरपालिकाको आधिकारिक धारणा भने हैन । हाल उक्त नगदी बिल रसिद खारेज गरि नया बिल रसिद बनाएको कम्पनिले बताएको छ ।

एक कम्पनिका प्रतिनिधिका अनुसार नगरपालिकाले दिएको अधिकार भन्दा बढी सेवाग्राहिले जति दिन्छन त्यति लिने गरेको बताएका छन । उनका अनुसार नगरपालिकाको निर्णय अनुसार भ्याट सहित २२.८६ पैसा पर्छ तर रकम साट्ने खुद्रा रकम नहुदा २५ रुपैया समेत लिने गरेको हो ।

सेवाग्राहिसग यसरि नियम विपरित रकम असुल गर्ने कम्पनिलाई कार्वाही गर्नुपर्ने सेवाग्राहिको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *