अल्जेरिया-
अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा आठ जना बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो । स्थानीय समय अनुसार बिहान झण्डै ४ बजे आगलागी भएको थियो । जहाँबाट ११ बालबालिका, १ सय ७ महिला र २८ जना अस्पतालका स्टाफलाई सकुशल उद्धार गरिएको बताइएको छ ।
राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित यस्तो घटना भएको एएफपीले जनाएको छ ।
Comments