१४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गर्ने पक्राउ

जनकपुर-

१४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ ।

सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहुविवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।

जनकपुरको बिणादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका साहले २०७२ साल जेठ १५ गते सप्तरीको कंचनरुप नगरपालिका ६ की १४ वर्षिया बालिकासँग दोश्रो विवाह गरेका थिए । जेठी श्रीमतीसँग दुई वटा छोरी मात्र भएको र छोरा नभएको तर्क दिँदै आरोपित साहले बालिकासँग दोश्रो विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *