विप्लवका सुनसरी जिल्ला इञ्चार्जसहित दुई पक्राउ

इटहरी-
इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका ५ स्थित पँचरुखीबाट सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोसी ब्युरो राजेन्द्रसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

पौडेल उपयपुर कटारी नगरपालिका ४ र विष्ट दार्चुलाको मार्मा गाउँपालिका ३ का हुन्। उनीहरूलाई को३९प १५९८ नम्बरको मोटरसाइकलमा सवार गर्दैगर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताएका छन।

इटहरी ९ को सुष्मा गोदावरी कलेजमा भदौ २० गते राति साढे बाह्र बजे बम बिस्फोट गराइएको थियो। उक्त घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई बम बिस्फोट, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *