स्वदेशी बजारप्रति आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल मलले गरृयाे उपहार योजना सार्वजनिक

स्वदेशी बजारप्रति उपभोक्ताको आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।

नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलले सामान खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार कुपन उपलब्ध गराइने मलका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए ।

एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् । जसअन्तर्गत प्रत्येक दिन नगद, सेन्ट्रल फिल्म हलको टिकट र उपहार कार्ड पाउनेछन् । मुन्दडाका अनुसार हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, फिल्टर, भ्याकुम क्लिनर्सलगायतका उपहार तीनजनालाई प्रदान गरिनेछ । महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनालाई बैंकक भ्रमण, ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहार प्रदान गरिनेछ । असोज ११ देखि कात्तिक १६ गतेसम्म सञ्चालन हुने उपहार योजनाअन्तर्गत हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने मलका सिइओ मानसराज जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *