विगतको चाडपर्वभन्दा बजार यसपालि व्यवस्थित हुने

विराटनगर-

 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यसपटकको बजार विगतको चाडपर्वभन्दा व्यवस्थित हुने बताएका छन ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजारलाई व्यवस्थित गर्न आवश्यक पहल थालिसकिएको बताउनुभयो । उहाँले चाडपर्वमा हुने कालोबजारी र मिसावट नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको उल्लेख गरे । मन्त्रालय एक्लैले अनुगमन गर्न नसक्ने भएकाले प्रदेशका मन्त्री तथा पालिका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर बजारलाई व्यवस्थित गर्न आग्रह गरिसकिएको उहाँले जानकारी गराए ।
उहाँले पछिल्लो समय आफूले काम गर्ने स्टाइलमा परिवर्तन गरेको बताउनुभयो । मन्त्री यादवले यसअघि आफूले माओवादी स्टाईलमा काम गर्दै आए पनि पछिल्लो समय नेकपा स्टाइलले काम गरिरहेको बताउनुभयो । मन्त्री यादवले आफूले मन्त्री पद छाडेर जाने हल्ला मात्र चलेको बताउनुहुँदै पार्टी वा प्रधानमन्त्रीले नहटाएसम्म पद नछाड्ने जानकारी दिनुभयो । पाएको पद हठात छाड्दा जनतामा आफूप्रति अविश्वास बढेका कारण आफ्नै चित्त नबुझे पनि आफूले काम गरिरहने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *