पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्ट नियन्त्रणमा,काले मुख्य योजनाकार

काठमाडौं-
नेपालको बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्टलाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।

कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम झिकिएपछि अनुसन्धानमा परिचालन भएको महाशाखाको टोलीले उनीहरुलाई पक्रेको हो । प्रहरीले भारतमा बसेर काले भनिने पिटरको योजनामा नेपाली बैंकबाट ५ अर्ब रुपैया लुट्ने योजना बनाएको बताएको छ ।

उनीहरुले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए । ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए ।

धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको र कृषि विकास बैंकको लहान शाखाबाट कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । वीच्याट मार्फत् एजेन्ट र उनीहरुलाई लुटमा सक्रिय गराउनेबीच सम्बन्ध भएको देखिएको एसपी थापाले जानकारी दिए ।

कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर उनीहरुले एक पटकमा ९९ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखिएको छ । तर यो योजनामा कर्मचारीको आइडी उनीहरुको मिलेमतोमा दिइएको वा ह्याक भएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेका थिए । उनलाई प्रहरीले पछ्याउँदा ३० लाख नगदसहित पक्रन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *