ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

अमेरिका
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानविन सुरु गर्ने निर्णय भएको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट राजनीतिक सहायता खोजेको भन्दै उनी बिरुद्ध औपचारिक रुपमा महाअभियोग अनुसन्धान खुल्ला गरिएको हो ।

उनले राष्ट्रपति ट्रम्पले संविधानको उलंघन गर्दै राष्ट्रका लागि घात गरेका यथेष्ट प्रमाणहरू भेटिएको भन्दै संसद उनीमाथि महाअभियोगको प्रस्ताव अगाडि बढाउने निर्णयमा पुगेको बताइन् ।

यसैबिच, सभामुख न्यान्सी पेलोसीको यो घोषणालाई राष्ट्रपति ट्रम्पले हाँस्यास्पद भएको बताएका छन् । उनले आफूले अमेरिकाका लागि राम्रो गरिरहेको बताउँदै यो निर्णय दुर्भाग्यपूर्ण भएको बताए । ट्रम्प संयुक्त राष्ट्र संघको महासभामा सहाभागी हुन न्युयोर्कमा रहेको बेला वासिङटन डीसीमा यस्तो घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *