काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ

काठमाडौं –
प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार विहान साढे ११ बजे काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *