भैरहवा : रुपन्देही मायादेवी गाउपालिका-३स्थित रिलायन्स सिमेन्ट उद्याेगको रकम लुटपाट गरिएको छ। कर्मचारी अभनिस त्रिपाठीले भैरहवाबाट पैसा लिएर उद्याेग फर्कने क्रममा अपरिचित दुई जनाले कुटपिट गरी लुटपाट गरेको रुपन्देहीका एसपी हेम थापाले जानकारी दिए।
लुटपाट भएको रकम ५/६ लाख रुपैयाँ रहेको बताइएको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका यवाहरुले त्रिपाठीलाई घाइते बनाएर रकम लुटपाट गरेको स्थानीयले बताएका छन्। घाइते त्रिपाठीको उपचार भइरहेको छ। घटनाको अनुसन्धान र फरार व्यक्तिहरु खोजी भइरहेको प्रहरीले जनाएको छ।
Comments