काठमाडौं-
विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौंबाहिरका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका छन् ।
राजमार्ग र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । यसमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले एक सूचना जारी गर्दै उपत्यका बाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।
Comments