नवनिर्मित भवन उद्घाटन

धनकुटा । तेलिया स्वास्थ्य चौकीको नवनिर्मित भवन प्रतिनिधि सभाका सांसद माननिय राजेन्द्र कुमार राईले उद्घाटन गर्नु भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ विराटनगरको अनुदान एक करोड ६३ लाख ४९ हजार सातसय ५५ रूपैयाँ ०८ पैसाको लागतमा नव निर्मित भवनको संघिय सांसद राईले उद्घाटन गर्नु भएको हो । उक्त भवन छथर जोरपाटी गाँउपालिका वडा नम्वर ४ बस्ने दल बहादुर तामाङ्गको नाती, गर्भु तामाङ्गको छोरा सिद्दिमान तामाङ्गले निशुल्क प्रदान गर्नु भएको जग्गामा निर्माण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनु भयो । स्वास्थ्य व्यावस्थापन समितिका अध्यक्ष एवं ४ नम्वर वडा अध्यक्ष टेक बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा निर्माण व्यावसायि संघ धनकुटाका अध्यक्ष अर्जुन केसि, हरिराज खेवा प्रतिष्ठानका अध्यक्ष विष्णु बहादुर लिम्बु, जिससस सदस्य सिव लिम्बु, वडा नम्वर ६ का अध्यक्ष दिल बहादुर थापा, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो । निर्माणाधिन भवन संघिय आयोजना कार्यान्वयन ईकाइ बिराटनगरका तर्फबाट प्राविधिक प्रतिनिधि रमेश बस्नेतले वडा अध्यक्ष तामाङ्गलाई हस्तान्तरण गर्नु भएको थियो । सोहि अवसरमा उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम मार्फत स्वासथ्य संस्थाबाट सुरक्षित सुत्केरी सेवा लिएको, वडा कार्यालयमा बच्चा जन्मेको सात दिन भित्र जन्मदर्ता गरेको, स्थानिय गाउँपालिका बासि वसन्ति लिम्बुलाई बच्चाको झुल एक केजि ध्यु, सेनिटरी प्याड पाँच प्याकेट, एक क्रेट अण्डा, दुई केजि आयोडिन नुनलगायतका सुत्केरीकालागि सामाग्रि समेत गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बुले हस्तान्तरण गर्नु भएको थियो । विभिन्न लोक नृत्य र भजन किर्तनका साथमा शुरू गरिएको उद्घाटन कार्यक्रमलाई रोचक बनाउन पुष्प ओझाले बिभिन्न व्याक्तिहरूको क्यारिकेचर समेत गर्नु भएको थियो । यसका साथै विदाई भएर जानुहुने कर्मचारिलाई बिदाई समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *