नयाँ नोट वितरण सुरु

काठमाडौं।  आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।

उपत्यकाभित्र राष्ट्र बैंक र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *