उदयपुरः परम्परा संस्कार जस्तैगरी चाडपर्वको वेलामा मात्र हुने बजार अनुगमन नहुँदा अहिले उदयपुरका उपभोक्ता मारमा परेका छन। बजारमा म्यद सकिएका खाद्यन्न बस्तु विक्रीदेखि व्यापारीले मनोमौजी गर्दा पनि उदयपुरका बजार अनुगमन हुन सकेको छैन। हिन्दू धर्मवलम्बीहरुको दसैँ, तिहार छठ नजिकिँदै गर्दा पनि बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेको गुनासो उपभोक्ताको छ। गाईघाटकी स्थानीय रामकृष्ण कटुवालले बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको बताउँछिन। ‘वर्षेनी दशैँको मुखमा हुने बजार अनुगमन पनि यसपालिका कतै भएको सुनेको छैन,’ उनले भने, ‘सायद व्यपार संघ र बजार अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय मिलेरर बजार अनुगमन नगरेको हुनुपर्छ।’ उदयपुरमा बजार अनुगमन नहुँदा व्यापारीको मनमानी चल्ने गरेको उपभोक्ताको गुनासो छ। ‘बजार अनुगमन कमै मात्रमा हुने गरेको छ,’ खोटाङबाट गाईघाट दशैँको लागि किनमेलको लागि आईपुगेका भिवबहादुर राईले गुनासो गर्दै भने, ‘खुलेआमा मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण र ठगीको धन्दा व्यापारीहरुले गरिरहेका छन, उदयपुरका बजार अनुगमन नहुँदा मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्न सवै खोटाङ ढुवानी हुने गर्दछ।’ खोटाङ ढुवानी हुने विभिन्न प्रकारका उपभोग्य वस्तु उदयपुरको कटारी, गाईघाट, बेल्टार लगायतका बजारबाट ढुवानी हुने गर्दछ। उदयपुरकै बजार अनुगमन नभएपछि व्यपारीहरुले खोटाङका बजारमा पु¥याएर मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्नको विक्रिवितरण गरिरहेको उपभोक्ताको आरोप छ। जिल्ला प्रशासन लगायतले बजार अनुगमन समय समयमा नगर्दा उपभोक्त ठगिदै आएको उपभोक्तको दुखेसो छ। जिल्लाको कटारी, गाईघाट, बेल्टार, घुर्मीका बजार उदयपुरका प्रमुख बजार हुन। प्रमुख बजारनै अनुगमन नहुँदा ग्रामीण क्षेत्रका बजार झनै उपभोक्ता मारमा परेका छन। दसैँ तिहार आयो एकपटक बजार अनुगमन गरिदिए व्यापारी पनि सचेत हुने तर्क घुर्मी बजारका कुमार धमला राख्छन। ‘बजार अनुगमन नहुँदा व्यापारीहरुले पनि मनपरी गरिरहेका छन,’ धमलाले भने, ‘बजार अनुगमन नहुँदा होटल तथा मिठाई पसलको भान्सा हेरिसाध्य छैन, आगोमा पकाएर दैनिक रुपमा उपभोग गर्ने जेरी, समसा, मिठाई लगायतका पसलसमा झिँगा भन्किरहेका हुन्छन्।’ यता, नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजुसमेत ढुंगा र काठको समेत प्रयोग भइरहेको छन्। ‘चामल, दाल, दालमोड, भुजिया, चकलेट, बिस्कुटलगायत तौल गरेर बिक्री हुने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन,’ स्थानीय पत्रकार होम बस्नेत भन्छन, ‘बजारमा अनुगमन टोली आँउदैन किन व्यापारीहरुले टेर्छन, ढुँगा काठको ढक बनाएर तौलिरहेका हुन्छ, खासै बजार अनुगमन भएको देखिएको छैन।
अनुगमन नहुँदा अहिले उदयपुरका उपभोक्ता मारमा

अन्य सामग्री

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ ।
माघ ३ गते,मोरङ – मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका...

मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ ।
पौष २९ गते,झापा – जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुब...

प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना सांसद निलम्बित ।
पौष २८ गते,विराटनगर – नेकपा प्रदेश–१ (प्रचण्ड-नेपाल समूह)को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । नेपाल समूहले विज्ञप्तीमार्फत उनीहरुलाई तीन महिन...
Comments