बाढीका कारण ४४ जनाको मृत्यु

भारत / भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।

गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ । बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए । प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *