विश्वकर्माकी छोरी विवाह गरेका कारण बुवाको किरीया बस्न परीवारले दिएन

भोजपुर  ।  दलित समुदायकी केटी विवाह गरेका कारण बुवाको किरीया बस्न परीवारले नदिए पछि प्रहरी मा उजुरी परेको छ । भोजपुरको दिंग्ला मा यस्तो घटना घटेको हो । किरियापुत्री बस्न नदिइएपछि बावुको मृत्युको खबरले भन्दा चन्द्र खड्कालाई किरीया बस्न नदिँदा दुख लागेको बताए । जन्मदिने बावुको किरिया बस्न अन्तर जातिय बिवाह गरेकै कारण नपाएको उनको गुनासो थियो ।

दलित समुदायको छोरी बिवाह गरेको चन्द्र लाई घर र समाजले छिः छिः र दुरदुर गर्ने, मेरी श्रीमती पनि त मान्छे भएको उनको भनाइ थियो ।
पीडित चन्द्रका दाजु सम्मरबहादुर, किरिया गराउने पण्डित र समाजका केही व्यक्तिले उहाँलाई बहिष्कृत गरेका कुनै पनि हालतमा किरियापुत्री बस्न नदिएपछि उनी अन्ततः प्रहरीको शरणमा पुगे हुन् ।

छुवाछुतको अन्त्य भएको भनिए पनि त्यो व्यवहारमा लागू नभएको यो एक ज्वलन्त उदाहरण हो । जातीय भेदभावको यो अर्को घटनाले समाजमा रहेको विकृतिलाई प्रस्ट पारेको छ ।

विक्रम संवत २०६२ सालमा छिमेकी लालबहादुर विश्वकर्माकी छोरी गीता विश्वकर्मासँग प्रेमविवाह गर्नुभएका चन्द्र र उहाँका दाजु सम्मरबीच सम्बन्ध राम्रो नभएपछि दुवै जना छुट्टै बस्दै आएका थिए । विवाहको केही समयपछि दाजुसँग चन्द्रको सम्बन्ध चिसिएको थियो । घरमा आउने–जाने मात्रै नभइ बोलचाल नै बन्द थियो । आफू र श्रीमतीलाई दाजु र अरुले राम्रो व्यवहार नगरेको उहाँको दुखेसो छ । उहाँका ७, ११, १३ वर्षकी तीन छोरी र१५ महिने छोरा छन् ।

दाजुको घरमा दाजुसँगै बावुको किरिया बसेका बेला ब्राम्हण लेखनाथले दाजु सम्मरबहादुरलाई ‘भाइसँगै बसेर जुठो बार्छौ भने म आएर काम गर्दिनँ, तिम्रो भाइलाई छुदिनँ’ भनेर आफूलाई सामाजिक बहिष्कार गरेको चन्द्रले पीडा पोखेका छन् । त्यसपछि दाजुले पनि ‘तँ तेरो घरमा गएर जुठो बार्, म मेरो घरमा झुठो बार्छु, यहाँ नआइज’ भनेर तिरष्कार गरेपछि आफू प्रहरीको शरणमा पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *