बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम

चितवन : विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएका छन् । असोज १० गते सम्ममा बढि लिएको शुल्क फिर्ता गर्ने जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सहमति उल्लधन गरेको भन्दै उनीहरुले अल्टिमेटम दिएका हुन् ।

१० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति कार्यान्वयनमा कलेजले आलटाल गरेपछि विद्यार्थी र अभिभावकले २४ घन्टे अल्टिमेटम दिएको विज्ञप्ती मार्फत जनाएका छन् ।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *