आर्थीक मन्दी र ब्यापार चौपट भएका कारण महानगरबासिमा निरासा

हरेक बर्ष चार्ड आउनु कुनै नौलो कुरा हैन , तर बिराटनगरका बासिन्दा लाई भने दशै लागेको छैन । आर्थीक मन्दी र ब्यापार चौपट भएका कारणले पनी बिराटनगरका बासिन्दा हरुलाई दशैको आवाश हुन नसकेको हो । अघिल्ला बर्ष हरुमा जुन रुपमा चार्डपर्व आउँदा उत्साह हुने गरेको थियो अहिले सवै महानगरबासिमा निरासा उत्पन्न भएको छ । बजार घाटा बढेर गएको छ भने ब्यापार चौपट अवस्थामा रहेको छ । दैनिक रुपमा हुने ब्यापार हुन नसक्नु र बजार ब्यवास्थापन हुन नसक्दा समेत समस्या सिर्जना भएको हो । ब्यावसायीक ठुला घराना हरुमा समेत यतिबेला दशैको रौनक छैन । दैनिक रुपमा भइरहेको ब्यापार घाटा र नयाँ लगानी हुन नसक्दा ब्यावसायी हरुमा समेत निसारा उत्पन्न भएको हो । नयाँ ब्यावसाय थलानी गर्दा लिएको बैकको कर्जा समेत तिर्न समस्या भएको एक ब्यवसायीले बताए । त्यसोत अघिल्ला बर्षमा जुन रुपमा दशै अफर तडक भडक का साथ आउने गर्दथ्यो त्यसमा समेत कमि आएको छ । बजारमा सामान किन्न जानेहरुको समेत कमि भएका कारण ब्यावसायीहरुले घरबहाल समेत तिर्न नसक्ने अवस्था सिर्जना भएको ब्यवासयीहरु बताउँछन् । निर्माणधिन अवस्थामा रहेको बजार क्षेत्रको बाटोका कारणले गर्दा समेत बिराटनगर भित्र रहेको ब्यावसाय चौपट हुन पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *