एक बालकको शव फेला

इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शव फेला परेको छ। निर्माणाधीन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ वर्षीय छोरा कृष्ण गुरुङको शव फेला परेको हो। सोमबार दिउँसो निर्माणाधीन ६ लेन सडकको नालामा डुबेको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए।

‘उनी १० गते दिउँसोदेखि हराईरहेको सूचना पाएका थियौँ,’ बस्नेतले भने, ‘आज नालामा डुबेको अवस्थामा शव फेला प¥यो।’ उनले घटनाको छानबिन भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *